कोरोना भाइरस बारे अमेरिकी वैज्ञानिकले गरे यस्तो दाबी

प्रकाशित मिति : २४ चैत्र २०७६, सोमबार  ७ : ५८


अमेरिकी वैज्ञानिकले कोरोना भाइरसले विस्तारै मौसमी विरामीको रुप धारण गर्ने दाबी गरेका छन्। अमेरिकाका कोरोना भाइरस विशेषज्ञ डा एन्थनी फाउचीले विश्वमा कोरोना भाइरस नियन्त्रण बाहिर रहेको बताएका हुन्। 

नेशनल इन्ट्रिट्युट अफ हेल्थका संक्रमित बिरामीका प्रमुख डा एन्थनी फाउचीले भने, 'यो वर्ष कोरोना भाइरसलाई विश्वबाट सखाप पार्न निकै गाह्रो छ। यसको कारण अमेरिकामा आगामी फ्लू सिजनमा कोरोना भाइरस फेरि फैलिन सक्छ।'

डा फाउचीले भनेका छन्, 'कोरोना फेरि फैलिन सक्ने सम्भावनाका कारण अमेरिकाले आफ्नो तयारीलाई तिब्र रुपमा बलियो बताउँदै लगेको छ। अमेरिकाले कोरोना विरुद्ध भ्याक्सिन बनाउन तथा सबै उपचारका औषधि तयार पार्न  क्लीनिकल ट्रायल गरिरहेको छ।' 

कोरोना भाइरसको संक्रमण फेरि फ्लू सिजनमा पनि देखियो भने आफूहरुसँग त्यसलाई रोक्न सबै उपकरण प्रयाप्त हुने उनको दाबी छ। 


प्रतिक्रिया दिनुहोस्