अमेरिकी विज्ञ भन्छन् ‘कोरोना विरुद्धको लडाई यो बर्ष जित्न मुस्किल’

प्रकाशित मिति : २४ चैत्र २०७६, सोमबार  ७ : ५४


एजेन्सी । अमेरिकी शिर्ष वैज्ञानिकले कोरोना भाइरसले विस्तारै मोसमी संक्रमणको रुप लिने चेतावनी दिएका छन्।

अमेरिकी सरकारले कोरोना विरुद्ध गठन गरेको टोलीका एक सदस्य डा एन्थोनी फाउसीले विश्वभर फैलिएको कोरोनामाथि नियन्त्रण जमाउन असम्भव रहेको बताएका छन्।

अमेरिकाको रोक नियन्त्रण तथा रोकथाम केन्द्रका प्रमुख समेत रहेका एन्थोनी फउलीले भने, 'यस बर्ष यस भाइरसलाई पृथ्वीबाट निर्मूल गर्न असम्भव जस्तै छ।'

यसको मतलव अमेरिकामा अर्को मौसमी फ्लुका रुपमा कोरोना भाइरस संक्रमण फेरि फैलिन सक्ने ठानिएको छ।

फाउसीले अमेरिकाले कोरोना रोकथामका लागि तयारीलाई द्रुत गतिमा बढाउँदै लगेको समेत बताए। 

उनले भने ''अमेरिकाले खोप विकास र सबै उपचारको बारेमा क्लिनिकल परीक्षण गरिरहेको छ।''

फाउसीले अमेरिकाले १२ देखि १८ महिना भित्र कोरोना भाइरस खोप तयार गर्ने जनाएका छन।

फाउसीले कोरोनाबाट २ लाख भन्दा धेरैको मृत्यु हुन सक्ने जनाएका छन्।

जुन राज्यले मानिसहरुलाई घरमै  बस्नको लागि आदेश गरिररहेको छैन त्यहाँ सबैभन्दा धेरै क्षति हुने उनको चेतावनी छ।

 


प्रतिक्रिया दिनुहोस्