डुब्लिन । आयरल्याण्डका प्रधानमन्त्री लियो भारादाकाले अस्पालमा गएर चिकित्सकको रुपमा काम गर्ने भएका छन्।
कोरोना भाइरसको महाव्याधी रहुन्जेल प्रधानमन्त्री भारादाकाले अस्पतालमा हप्तामा एक सिफ्ट काम गर्न लागेका हुन।
बिरामीको उपचारमा संलग्न चिकत्सक तथा जनताको मनोबल बढाउन स्वयं चिकित्सक रहेका प्रधानन्त्री भारादाका अस्पताल फर्कन लागेको अधिकारीहरुले बताएका छन्।
सँगसँगै सरकार चलाउने र अस्पतालमा गएर चिकित्सकको रुपमा समेत काम गर्न लागेका उनको चौतर्फी प्रशंसा भइरहेको छ।
आइरिस प्रधानमन्त्री भारादाका सांसद चुनिनु अघि एक प्रशिक्षित डाक्टरका रुपमा काम गर्थे।
सन २०१३ मा स्वास्थ्यमन्त्री नियुक्त भएपछि उनले चिकित्सकीय पेशा छाडेका थिए।
सरकारका प्रवक्ताले भनेका छन्, ''प्रधानमन्त्रीको प्राय साथी र परिवारका सदस्य स्वास्थ्य सेवा क्षेत्रमा संलग्न छन। उहाँले थोरै भएपनि सहयोग गर्न चाहनुभएको छ।''
प्रधानमन्त्री भारदाका आमाबुवा समेत चिकित्सक हुन। कोरोना भाइरस विरुद्ध अग्रपंक्तिमा गएर खटिने आईरिस प्रधानमन्त्री युरोपेली पहिलो नेता हुन।
उनले आइतबारको समय अस्पतालका लागि छुट्याएका छन्।
आयरल्याण्डमा कोरोना भाइरसबाट झण्डै ५ हजार मानिस संक्रमित छन् भने १ सय ५८ जनाको मृत्यु भइसकेको छ।