लकडाउनमा चार्डर विमानबाट अमेरिका उडे सरोज खनाल

प्रकाशित मिति : २४ चैत्र २०७६, सोमबार  ६ : २८


काठमाडौँ । चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका २०८ देशमा फैलिएको छ। कोरोना भाइरसको सबैभन्दा बढी प्रभाव अमेरिकामा देखिएको छ। 

विश्व कोरोनाको त्रासमा रहेका बेला अमेरिकाले विदेशमा रहेका आफ्ना नागरिकलाई स्वदेश फर्काइरहेको छ। यसै क्रममा नेपालमा रहेका आफ्ना नागरिकलाई पनि अमेरिकाले फिर्ता लगेको छ। 

नेपालमा लकडाउन तथा अन्तर्राष्ट्रिय हवाई उडान बन्द भएका कारण अमेरिकाले आफ्ना नागरिकलाई चार्टर विमान मार्फत अमेरिका लगेको हो। यही मौकामा नेपालका अभिनेता सरोज खनाल पनि आइतबार अमेरिका प्रस्थान गरेका छन्। सरोज अमेरिकाका नागरिकताधारी नागरिक भएका कारण उनी अमेरिकाको चार्टर विमानबाटअमेरिका उडेको हुन्। 

खनालको परिवार अमेरिकामा नै छन्। उनी परिवार भेट्नका लागि अमेरिका उडेको बताइएको छ। अमेरिकामा रहेकी नातिनीको पास्नीको लागि उनी केही समयअघि अमेरिका जाने तयारीमा थिए। तर त्यही समयमा लकडाउन भएका कारण उनी यही अड्किएका थिए। तर अमेरिकाले आफ्ना नागरिकलाई फिर्ता लैजाँदै गर्दा उनी पनि त्यसतर्फ लागेका हुन्। 


प्रतिक्रिया दिनुहोस्