काठमाडौँ । कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै नेपालमा लकडाउनको समयावधि एक हप्तासम्म थप्ने तयारी गरिएको छ।
आइतबार बसेको कोरोना रोकथाम तथा नियन्त्रण समन्वय उच्चस्तरीय समितिको बैठकले लकडाउनको समय ७ दिन थप गर्न मन्त्रिपरिषद्लाई सिफारिस गर्ने निर्णय गरेको थियो।
आज २ बजे मन्त्रिपरिषद्को बैठक बस्दै छ। २ बजे बस्ने मन्त्रीपरिषद् बैठकले समितिको निर्णय जस्ताको तस्तै पास गरे बैशाख ३ गतेसम्म लकडाउन लम्बिने छ।
सरकारले कोरोना भाइरसको जोखिम न्यूनीकरणको उद्देश्यका साथ गत चैत ११ गते बिहान ६ बजेदेखि लागू गरेको लकडाउनको समयावधि २५ गते सकिदैछ।
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको सो समितिको बैठकले कोरोनाविरुद्ध ५० हजार स्वास्थ्य स्वयंसेविका परिचालन गर्ने निर्णय पनि गरेको छ।