चीनमा फेरि थपिए कोरोना संक्रमित

प्रकाशित मिति : २४ चैत्र २०७६, सोमबार  २ : ३७


चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका २०८ देशमा फैलिएको छ। कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा विश्वभर ४ हजार ७ सय ३७ जनाको मृत्यु भएको छ भने ७१ हजार ४०८ नयाँ संक्रमित थपिएका छन्।

यो सँगै कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ६९ हजार ४५१ पुगेको छ भने १२ लाख ७३ हजार ४९९ जना संक्रमित भएका छन्। पछिल्लो समय कोरोनाको संक्रमण मत्थर हुँदै गएको चीनमा आइतबार फेरि कोरोनाका नयाँ संक्रमित फेला परेका छन्। 

पछिल्लो २४ घण्टामा चीनका कोरोना भाइरसका ३० जना नयाँ संक्रमित फेला परेका छन् भने ३ जनाको मृत्यु भएको छ। चीनमा अहिलेसम्म ८१ हजार ६ सय ६९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने ३ हजार ३ सय २९ जनाको मृत्यु भएको छ। 

चीनमा ७६ हजार ९ सय ६४ जना कोरोना संक्रमित निको भएका छन् भने अब बाँकी कोरोनाका एक्टिभ संक्रमितको संख्या १३ सय ७६ रहेको छ। जस मध्ये २९५ जनाको अवस्था गम्भिर रहेको छ। 

हेर्नुहोस् तथ्यांक


प्रतिक्रिया दिनुहोस्