कोरोनाविरुद्ध ५० हजार स्वास्थ्य स्वयंसेविका परिचालन गर्ने सरकारको निर्णय

प्रकाशित मिति : २३ चैत्र २०७६, आइतबार  २ : १७


काठमाडौँ । सरकारले कोरोनाविरुद्ध ५० हजार स्वास्थ्य स्वयंसेविका परिचालन गर्ने निर्णय गरेको छ। 

आइतबार बसेको कोरोना रोकथाम तथा नियन्त्रण समन्वय उच्चस्तरीय समितिको बैठकले कोरोना विरुद्धको अभियानका लागि देशभर ५० हजार स्वयंसेविका परिचालन गर्ने निर्णय गरेको हो।

परिचालन गरिएका ती स्वयंसेविकाको पारिश्रमिक र बीमाको व्यवस्था पनि सरकारले गर्ने निर्णय गरेको छ। साथै सरकारले क्वारेन्टाइनमा बसेकाहरूमा लक्षण नदेखिए पनि स्वास्थ्य परीक्षणपछि मात्रै घर जान दिने निर्णय गरेको  उच्चस्तरीय समिति सचिवालयले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्