रुपा अधिकारीको निर्देशनमा आयो, सुपरहिट टप्पा [भिडियोसहित]

प्रकाशित मिति : २३ चैत्र २०७६, आइतबार  ११ : ५७


काठमाडौं । नेपाली लोकदोहोरी गीतसंगीतमा टप्पा गीतको आफनै किसिमको महत्व रहँदै आएको छ । गायिका जमुना आचार्य र गोकर्ण राना मगरको आवाजमा रहेको ‘ए कान्छा’ गीतको भिडियो युटुवमा सार्वजनिक भएसँगँ चर्चाको शिखरमा रहेको छ । 

मौलिक लोक लय र सामाजिक विषयवस्तुलाई समेटेर गीत तयार गरिएको गायिका जमुना आचार्यले बताइन् । मायालु प्रेमी प्रेमिकाको जीवन भोगाईलाई गीतमा समेटिएको छ  । जमुना आचार्यको शब्द तथा लय सिर्जना गीतमा रहेको छ । धन कमाउने सपना बोकेर परदेश जाने परदेशीको जीवन भोगाईलाई गीतमा समेटिएको छ ।

बहुमुखी प्रतिभाकी धनी रुपा थापा अधिकारी विगतमा नेपाली मौलिक गीत संगीतमा नृत्य निर्देशकको रुपमा चर्चित छिन् । उनी सर्वोकृष्ट महिला गिटारिष्टको रुपमा परिचित हुन् । उनले आफूमा भएको प्रतिभालाई ‘ए कान्छा’ गीतमार्फत ब्यक्त गरेको बताइन् । प्रतिकबहादुर श्रेष्ठको छायाँकन, दिनेश मुस्कानको सम्पादन तथा रुपा थापा अधिकारीको निर्देशन तथा कोरियाग्राफी भिडियोमा रहेको छ  । ‘ए कान्छा’ गीतको भिडियोमा रुपा थापा अधिकारी र कमल खनालको अभिनय तथा नृत्य रहेको छ ।

‘ए कान्छा’ गीतको भिडियो हेर्नुहोस् 


प्रतिक्रिया दिनुहोस्