स्वास्थ्य सामग्री किन्ने जिम्मा पाएको सेनाद्वारा पुस्टि

प्रकाशित मिति : २३ चैत्र २०७६, आइतबार  ९ : ५१


काठमाडौं । सरकारले कोरोना भाइरसविरुद्दको उपचारमा आवश्यक पर्ने मेडिकल सामग्री किन्ने जिम्मा नेपाली सेनालाई दिएको छ।

सेनाले आइतबार एक भिडियो माफर्त स्वास्थ्य सामग्री किन्ने जिम्मा पाएको पुष्टि गरेको छ। 

सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसारका सामान खरिद गर्ने र  गुणस्तरमा सेनाले कुनै सम्झौता नगर्ने बताए।


प्रतिक्रिया दिनुहोस्