काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतको अभिव्यक्तिप्रति कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा र युवा नेता गगन थापाले टिप्पणी गर्नुभएको छ । सहमहामन्त्री महतले ‘सरकार असफल भयो ः मध्यावधि निर्वाचन हुनुपर्छ’ भन्ने अभिव्यक्ति दिनुभएको थियो ।
डा. महतको उक्त अभिव्यक्तिप्रति लक्ष्यित गर्दै प्रवक्ता शर्माले ‘व्यक्तिगत मतहरु केवल व्यक्तिगत हुने’ बताउनु भएको छ । उहाँले थप्नुभएको छ, ‘यसमा पार्टीलाई गाँसेर अतिरञ्जित व्याख्या नगरौं ।’
प्रवक्ता शर्माले भन्नुभएको छ, ‘संस्थागतरुपमा नेपाली कांग्रेसको धारणा प्रष्ट छ । न सहमतिको सरकार न चुनाव । यो संकटको घडी जिम्मेवार ढङ्गले सरकारलाई हरसम्भव साथ तर ढिलासुस्ती, अनियमितता र भ्रष्टाचारविरुद्ध खबरदारी । जय नेपाल ।’
ब्यक्तिगत मतहरु केवल ब्यक्तिगत हुन्छन् l पार्टीलाई गांसेर अतिरंजित ब्याख्या नगरौं !
संस्थागत रूपमा नेपाली कांग्रेसको धारणा प्रष्ट छ-
न सहमतिको सरकार न चुनाव l यो संकटको घडि जिम्मेवार ढंगले सरकारलाई हरसंभव साथ,तर ढिलासुस्ती,अनियमितता र भ्रस्टाचार विरुद्ध खरो खबरदारी !जय नेपाल !
— Bishwa Prakash शर्मा (@bishwaprakash77) April 5, 2020
यस्तै, कांग्रेसका अर्का प्रभावशाली नेता गगन थापाले पनि ‘कहिले सहमतिको सरकार, कहिले मध्यावधि निर्वाचन’ भन्दै ट्वीट गर्नुभएको छ । उहाँले अगाडि थप्नुभएको छ, ‘लकडाउनमा बसिरहँदा यस्तो असम्भव र अनावश्यक विचार कसैको मनमा उब्जेका हुन् भने पनि मनमै लक गरिदिनुहोस् ।’ उहाँले भन्नुभएको छ, ‘यस्ता विषय बहसमा आइदिँदा सरकारी ‘अजासु’हरुलाई विषयान्तर गर्न बेकारको खुराक मिल्ने भयो ।’
कहिले सहमतिको सरकार !
कहिले मध्यावधि निर्वाचन !!लकडाउनमा बसिरहँदा यस्तो असम्भव र अनावश्यक विचार कसैको मनमा उब्जेका हुन भने पनि मनमै 'लक"गरिदिनुहोस्।
यस्ता विषय बहसमा आइदिँदा सरकारी "अजासु" हरुलाई विषयान्तर गर्न बेकारको खुराक मिल्ने भयो।
— Gagan Thapa (@thapagk) April 5, 2020