काठमाडाैं । कोरोनाभाइरसबाट बच्नका लागि समाजिक दुरी एक मात्र उपाय देखिएको छ । भाइरसको संक्रमण फैलने विषयलाई लिएर वैज्ञानिकहरुले लगातार नयाँ चेतावनी जारी गरेका छन् । अमेरिकी वैज्ञानिकको एक प्यानलले कोरोनाभाइरसको संक्रमण श्वास लिदा र संक्रमित व्यक्तिसँग कुराकानी गर्दा पनि फैलिन सक्ने जनाएको छ ।
हावामा फैलिन्छ कोरोनाभाइरस
मीडिया रिपोर्टका अनुसार अमेरिकी वैज्ञानिकले यो एक एयरबोर्न बिरामी भएको र यो तीव्र दरमा फैलिन सक्छ । रिपोर्टका अनुसार संक्रमित बिरामीले सास फेर्दा समयमा यो भाइरस हावामा आउछ र यसै कारणले यो तीव्र दरमा फैलन सक्छ । यसको लक्षण तत्काल नदेखिने भएकाले यो तीव्र दरमा फैलिन्छ । यसैले यो बिरामीबाट बच्नका लागि लकडाउन र आइसोलेशन आवश्यक छ ।
६ फीटसम्म भाइरसको रेन्ज
यूएस सेन्टर्स फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनका अनुसार संक्रमित बिरामी खोक्दा वा हाच्छिउ गर्दा भाइरस ६ फीट परसम्म पैmलन सक्छ । यस अवधिमा कुनै पनि स्वस्थ व्यक्ति यो क्षेत्रमा सम्पर्कमा आएमा उसलाई पनि बिरामीले गाज्न सक्छ । शोधबाट यो पनि स्पष्ट भएको छ कि भाइरस हावामा धेरै समयसम्म सक्रिय रहन सक्छ । विश्वकै शक्तिशाली देश अमेरिकालाई कोरोनाभाइरसले घुडा टेकाइ दिएको छ । हालसम्म यहाँ लाखौ संक्रमित भएका छन् । हजारौको यो भाइरसले ज्यान लिएको छ । हालसम्म कुनै पनि देशले यो बिरामीको खोप पत्ता लगाइसकेको छैन ।