काठमाडौं । अष्ट्रेलिया स्थित नेपाली राजदुतावासले विद्यार्थीहरुको तथ्यांक संकलन गरिरहेको जनाएको छ।
कोरोना भाईरसका कारण सिर्जित परिस्थितीले अध्ययनरत बिधार्थीहरु कहाँ कस्तो स्थितिमा छन् र कस्ता समस्या संग जुधिरहेका छन् भन्ने बारे दुतावासले बुझिरहेको हो।
आवश्यक पर्दा समस्या सम्बोधन गर्न सकियोस भनेर दुतावासले अनलाईन तथ्याङ्क संकलन गरिरहेको छ।
शिक्षा मन्त्रालयले पनि विद्यार्थीहरुको अवस्था बुझ्न सचिवको नेतृत्वको टोली गठन गरेको छ।