काठमाडाैं । कोरोनाभाइरस जस्तो खतरनाक बिमारीलाई एक १०४ वर्षीय वृद्धिले हराएका छन् । दोस्रो विश्व युद्धमा समेत भाग लिएका १०४ वर्षीय विलियम बिल लेपचिसले कोरोनाभाइरस जस्तो महामारीलाई पनि हराएका छन् । यो भाइरसको चपेटामा आएपछि उनी ओरेगनको लेबनान काउन्टी अस्पतालमा भर्ना भएका थिए । त्यहाँबाट छुट्टी मिलेपछि उनले बुधबार आफ्नो परिवारसँग १०४ औं जन्मदिन समेत मनाएका छन् ।
उनमा ५ मार्चमा कोरोनाभाइरसको लक्षण देखिएको डाक्टरले बताएका छन् । १० मार्चमा उनको कारोना परीक्षण गरिएको थियो । यो परीक्षणमा उनमा कोरोना पोजिटिभ पाइएको थियो । डाक्टरले उनकी छोरी केरोली ब्राउनलाई ज्वरो आएको र सास लिन समस्या भएको बताएका थिए । कोरोनाभाइरसबाट सर्वाधिक खतरा पाका उमेरका मानिसलाई हुने गरेको छ ।
यस्तो अवस्थामा विलियमका परिवार यो सुनेर डराए । तर विलियमले सारा आशंकालाई गलत सावित गर्दै कोरोनाभाइरसलाई हराए र आफ्नो परिवारका साथ जन्मदिन मनाए ।विलियम बिलका दुई नाती, ६ पनाती र ५ बच्चा छन् । उनले दोस्रो विश्व युद्धमा समेत भाग लिएका थिए । उनले १९१८ मा स्पेनिस फ्लूलाई पनि हराएका थिए ।