के मास्कलाई धोएर वा प्रेस गरेर पुनः प्रयोग गरिन्छ ?

प्रकाशित मिति : २३ चैत्र २०७६, आइतबार  ४ : ३८


काठमाडौँ । चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका २०६ देशमा फैलिएको छ। अहिलेसम्म १२ लाख बढी कोरोना संक्रमण बनेका छन् भने साढे ६४ हजार बढीको मृत्यु भएको छ। 

कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि चिकित्सकले माक्सको अनिवार्य प्रयोग गर्न सुझाव दिने गरेका छन्। यसै क्रममा भारतीय मिडिया आजतकले मास्कको प्रयोग कसरी गर्ने भन्ने बारेमा वहस गरेका छ। भारतका सिनियर फिजिशियन डा एम वलीले घरमा बनाएका मास्कलाई लिएर कयौँ प्रश्नको जवाफ दिएका छन्। 

उनले मास्क लगाउने बेला बिर्सिएर पनि उल्टो बनाएर लगाउन नहुने सुझाव दिएका छन्। साथै उनले धेरै पैसा तिरेको मास्क मात्र नभइ एउटा सफा रुमालको प्रयोग पनि गर्न मिल्ने सुझाव दिए। उनले घरमै तयार भएको मास्क धोएर, प्रेस गरेर पुनः प्रयोग गर्न मिल्ने पनि बताएका छन्। प्रेस गर्दा तातोले किटाउनु नष्ट हुने र साबुन पानीले धुँदा पखालिएइर सफा हुने उनको दाबी छ। 

हेर्नुहोस् भिडियो


प्रतिक्रिया दिनुहोस्