‘कन्ट्याक्ट ट्रेसिङ’ मा सरकारको हेलचेक्राइँ

प्रकाशित मिति : २३ चैत्र २०७६, आइतबार  २ : ३५


काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘कन्ट्याक्ट ट्रेसिङ’ निकै कम गरेको पाइएको छ। स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार संक्रमितको सम्पर्कमा आएका ९५ जनाको ‘कन्ट्याक्ट ट्रेसिङ’ भएको हो।

सरकारको तथ्यांकले संक्रमितको नजिक आएकामध्ये अधिकांशको ‘कन्ट्याक्ट ट्रेसिङ’ गरिएको देखिएको छ । तर, चिकित्सकहरू यो संख्या कम भएको भन्दै संक्रमित व्यक्तिको १४ दिनसम्मको ‘कन्ट्याक्ट ट्रेसिङ’ गर्नुपर्ने बताउँछन् ।

चिकित्सकका अनुसार ‘कन्ट्याक्ट ट्रेसिङ’ का क्रममा सम्पर्कमा आएका व्यक्तिले दिएको विवरणका आधारमा आइसोलेसन वा क्वारेन्टाइनमा राखी संक्रमण जाँचका लागि छुट्याइन्छ । संक्रमित व्यक्तिले भेटेका र सम्पर्कमा आएका व्यक्ति खोज्न प्राविधिक टिम गठन गरे पनि कति जनालाई गरिएको तथ्यांक बाहिर आउन सकेको छैन ।

संक्रमित व्यक्ति आफू संक्रमण भएदेखि को–कोसँग सम्पर्कमा आयो भनेर पत्ता लगाउन ‘कन्ट्याक्ट ट्रेसिङ’ गरिन्छ । तत्पश्चात् उनीहरूलाई निगरानीमा राखिन्छ । आजको राजधानी दैनिकले खबर छापेको छ। 


प्रतिक्रिया दिनुहोस्