यी हुन् कोरोनाबाट चीनको भन्दा बढी मानिसको मृत्यु हुने ६ देश

प्रकाशित मिति : २३ चैत्र २०७६, आइतबार  २ : १४


काठमाडौँ । चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण नेपालसहित विश्वका २०६ देशमा फैलिएको छ। 

कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा मात्रै ५ हजार ८ सय १ जनाको मृत्यु भएको छ भने ८४ हजार ८ सय १ जना नयाँ संक्रमित थपिएका छन्। यो सँगै कोरोना भाइरसबाट विश्वमा ज्यान गुमाउनेको संख्या ६४ हजार ७ सय १० पुगेको छ भने १२ लाख १ हजार ७६८ जना संक्रमित बनेका छन्। 

अमेरिका, स्पेन, इटाली, फ्रान्सलगायत ६ देशमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या कोरोनाको उद्गम स्थिल मानिने चीनभन्दा बढी छ। 

कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा सबैभन्दा बढी अमेरिका र फ्रान्समा मृत्यु भएको छ। अमेरिकामा पछिल्लो २४ घण्टामा मात्रै १३ सय ३१ जनाको मृत्यु भएको छ भने ३४ हजार १९६ जना संक्रमित थपिएका छन्। यो सँगै अमेरिकामा अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३ लाख ११ हजार ३५७ पुगेको छ। 

त्यस्तै स्पेनमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ९ सय ४७ पुगेको छ भने १ लाख २६ हजार १६८ जना संक्रमित बनेका छन्। पछिल्लो २४ घण्टामा मात्रै स्पेनमा ७४९ जनाको मृत्यु भएको छ। 

कोरोना भाइरसबाट सबै भन्दा धेरैको मृत्यु हुने पहिलो देशमा इटाली रहेको छ । इटालीमा कोरोना भाइरसबाट अहिलेसम्म १५ हजार ३ सय ६२ जनाको मृत्यु भएको छ भने १ लाख २४ हजार ६३२ जना संक्रमित बनेका छन्। 

त्यस्तै फ्रान्समा पछिल्लो २४ घण्टामा १ हजार ५३ जनाको मृत्यु भएको छ भने ७ हजार ७८८ जना नयाँ संक्रमित थपिएका छन्। यो सँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ७ हजार ५६० पुगेको छ भने ८९ हजार ९५३ जना संक्रमित बनेका छन्। 

त्यस्तै यूकेमा पनि चीनको भन्दा बढीको मृत्यु भएको छ। यूकेमा अहिलेसम्म कोरोनाबाट ४ हजार ३१३ जनाको मृत्यु भएको छ भने ४१ हजार ९०३ जना संक्रमित बनेका छन्। 

त्यस्तै इरानमा पनि कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या चीनभन्दा बढी छ। यहाँ अहिलेसम्म कोरोनाबाट ३ हजार ४५२ जनाको मृत्यु भएको छ भने ५५ हजार ७ सय ४३ जना संक्रमित बनेका छन्।

चीनमा कोरोना भाइरसबाट अहिलेसम्म ३ हजार ३२६ जनाको मृत्यु भएको छ भने ८१ हजार ६३९ जना संक्रमित बनेका छन्। 

हेर्नुहोस् तालिका 


प्रतिक्रिया दिनुहोस्