सरकारले गर्‍यो नेपाल लकडाउनमा थप कडाइ

प्रकाशित मिति : २२ चैत्र २०७६, शनिबार  ३ : २१


काठमाडौँ । नेपालमा थप ३ जनामा कोरोना भाइरसको संक्रमण देखिएसँगै सरकारले लकडाउनमा थप कडाइ गर्ने निर्णय गरेको छ।

शनिबार बसेको मन्त्रिपरिषदको बैठकले लकडाउनमा थप कडाइ गर्ने निर्णय गरेको हो। अब एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीय तहबाट अर्कोमा जान नदिने निर्णय भएको छ। 

कोरोना भाइरसको प्रकोप न्यूनीकरणका लागि सरकारले चैत ११ गतेदेखि लकडाउन सुरु गरेको थियो। यो लकडाउन चैत २५ गतेसम्म रहनेछ। चैत २५ पछि लकडाउन थप्ने र नथप्ने बारे सरकारले कुनै निर्णय गरेको छैन।


प्रतिक्रिया दिनुहोस्