काठमाडौं । अहिले स्वास्थ्य सामग्री खरिद लगायतका बिषयलाई लिएर सरकारको आलोचना भइरहेको छ।
संकटको समयमा समेत अनियमितता गरेको भन्दै धेरैले आलोचना गरिरहेका छन्।
तर, सरकारको यस्तो आलोचना बाहिर सिर्जना गर्नमा सत्तारुढ नेकपाकै समुह लागेको आरोप अर्को पक्षले लगाउँने गरेको छ।
अनियमितता बारे कुरा उठिरहँदा पर्यटनमन्त्री योगेस भट्टराईले मानव जातिको भविष्य माथिनै प्रश्न खडा भएका बेला एकताबद्ध हुन आग्रह गरेका छन्।