काठमाडौँ । कोरोना भाइरसको महामारीबाट विश्व नै त्रसित बनेको छ। कोरोना भाइरसविरुद्ध लड्नका लागि सबै देशले सकेजति प्रयास गरेका छन्। कोरोनाको महामारीबाट सबैभन्दा बढी प्रभावित अमेरिका बनेको छ।
अमेरिकामा एक ६ वर्षीय बालकले कोरोना भाइरसलाई जितेका छन्। अहिले ती बालकको निकै चर्चा छ। मिररमा प्रकाशित समाचार अनुसार बालककी आमाले सामाजिक सञ्जालमा यस बारेमा जानकारी दिएकी छिन्। घटना अमेरिकामो टेनेसी भन्ने स्थानको हो। त्यहाँका ३ वर्षीय बालक जोसेफ सिस्टिक फाइब्रोसिस नामको फोक्सोको समस्याबाट पीडित थिए। फोक्सोको विरामी भएपनि उनले कोरोना भाइरसलाई हराउन सफल बनेका छन्।
सामाजिक सञ्जालमा उनकी आमाले पोस्ट गरेको भिडियोमा उनले हाँस्दै आफूलाई एक योद्धा बताएका छन्। साथै उनले परिवार र साथीलाई धन्यावाद पनि दिएका छन्।
उनले आफूलाई कार्ड, उपचार र शुककामना पठाउने व्यक्तिलाई पनि धन्यावाद दिएका छन्।
कोरोना भाइरसको संक्रमणले सबैभन्दा बढी फोक्सोमै असर गर्ने गर्ने गर्दछ। फोक्सोकै समस्या भएका बिरामीले कोरोनालाई जितेको भन्दै धेरैले उनलाई हिरो बताएका छन्।