काठमाडौं । सरकारले कोरोना भाइरसका संक्रमित फेला परेका जिल्लामा परिक्षण बढाउने भएको छ।
शनिबार बसेको बैठकले तीन जिल्ला (कैलाली, कञ्चनपुर र बागलुङ)मा कोरोना भाइरसको र्यापिड टेष्ट गर्ने निर्णय गरेको सरकारका प्रवक्ता डा.युवराज खतिवडाले जानकारी दिएका छन्।
मन्त्रिपरिषद बैठकले लकडाउनमा थप कडाइ गर्दै एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीय तहबाट अर्को स्थानीय तहमा जान नदिने निर्णय समेत गरेको हो।