इस्तानबुल । सरकारले आफ्नो ब्यान्डमाथि लगाएको प्रतिबन्ध हटाउन पर्ने माग गर्दै अनसन बसेकी टर्कीकी एक चर्चित गायिकाको मृत्यु भएको छ।
भोकभोकै अनसन बसेकी २८ बर्षीया हेलिन बोलेकको अनसनको २ सय ३३ औं दिनमा निधन भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।
क्रान्तिकारी गीत गाएको भन्दै उनी आवद्ध संगीत ब्यान्ड 'ग्रुप योरम'लाई त्यहाँको सरकारले प्रतिबन्ध लगाएको थियो।
ग्रुप योरम टर्कीमा क्रान्तिकारी गीतहरूका लागि परिचित मानिन्छ।
२८ वर्षीया हेलिन बोलेकको शुक्रबार राजधानी इस्थानबुलस्थित अनसन बसेकै घरमा मृत्यु भएको हो।
उनले त्यहाँसरकारलाई ब्याण्ड र यसका सदस्यहरूमाथिको प्रतिबन्ध फुकुवा गर्न दबाब दिनको लागि भोक हडतालमा बसेकी थिइन्।
टर्की सरकारले ग्रुप योरमलाई प्रतिबन्धीत क्रान्तिकारी पार्टीसँग साइनो रहेको आरोप लगाउँदे प्रतिबन्ध लगाएको थियो।
टर्कीको उक्त लडाकू समूहलाई टर्की अमेरिका र युरोपियन युनियनले आतंकवादी संगठन घोषणा गरेका थिए।