घोराही उपमहानगरमा घोराही सिमेण्टले दियो खाद्यान्न

प्रकाशित मिति : २२ चैत्र २०७६, शनिबार  १२ : २६


दाङ । घोराही सिमेण्ट उद्योगले घोराही उपमहानगरपालिका वडा नं. ३ का गरिव, विपन्न र मजदुरहरुका लागि खाद्यान्न उपलव्ध गराएको छ । उद्योगका अमर सुवेदीले सिमेण्ट उद्योगका प्रतिनिधि विकास शर्माले वडाध्यक्ष माधव चौधरीलाई आजै खाद्यान्न हस्तान्तरण गरेको जानकारी दिनुभयो ।

वडाध्यक्ष चौधरीलाई हस्तान्तरण गरिएको खाद्यान्नमा २७ क्वीन्टल चामल, साढे ५ क्वीन्टल दाल र साढे ७८ लिटर खाने तेल रहेका छन् । उद्योगले यसअघि बंगलाचुली गाउँपालिकाले स्थापना गरेको खाद्य बैंकमा र वडा नं. ४ मा पनि खाद्यान्न हस्तान्तरण गरिसकेको छ ।
 


प्रतिक्रिया दिनुहोस्