धनगढी । शनिवार भाइरस संक्रमणको पुस्टि भएका कैलालीका एक युवक गौरीफन्टा नाकाहुँदै नेपाल प्रवेश गरेको पाइएको छ।
सरकारले लकडाउनको घोषणा गरेपछि केही दिनअघि उनी सहित ९ सय ९९ जना मानिस सीमामा थुनिएका थिए।
लकडाउनले रोकिएका उनीहरुले प्रदर्शन गरेपछि सरकारले नेपाल प्रवेश गर्न अनुमति दिएको थियो।
भारतको मुम्बईबाट फर्केका ती २१ बर्षीय युवक उक्त भिडमै रहेको खुलेपछि अन्यको खोजी गरि परिक्षण गरिनु पर्ने माग उठेको छ।