कोरोना विरुद्ध लड्न सबैसँग सहकार्य गर्न तयार छौं : विप्लव

प्रकाशित मिति : २२ चैत्र २०७६, शनिबार  १० : २४


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले महामारीका रूपमा संसारभर फैलिरहेको कोरोना भाइरस प्रकोप रोक्न आफ्नो पार्टी सबैसँग सहकार्य गर्न तयार रहेको बताएका छन्।

शनिबार प्रेस वक्तव्य जारी गर्दै विप्लवले कोरोना महामारीबाट जनतालाई जोगाउन सरकारलाई १६ बुँदे सुझाव दिँदै पार्टीले गर्ने ६ कार्यको सूची पनि प्रस्तुत गरेका छन्।


प्रतिक्रिया दिनुहोस्