दाङका युवा व्यवसायीले दिए एक महिनाको १ लाख घरभाडा छुट

प्रकाशित मिति : २२ चैत्र २०७६, शनिबार  ८ : २०


दाङ । कोरोना भाइरसले विश्वभर महामारी छाएर आक्रान्त गराइरहेको बेला दाङ घोराहीका एक युवा व्यवसायीले घर भाडामा छुट दिने घोषणा गर्नुभएको छ ।

केही दिन अगाडि घोराहीकै एक सरकारी कर्मचारीले कोरोना सर्ने भन्दै आफ्नो घरमा बस्ने नर्सलाई घरबाट निकालेको घटना सेलाउन नपाउँदै युवा व्यवसायी गिरीले यस्तो घोषणा गरी मानवीयता प्रस्तुत गर्नुभएको हो ।

कोरोना नै कारण विश्वको अर्थतन्त्र संकटमा परिरहेका बेला घरधनी घोराही– १५ का कृष्ण गिरीले गरिखाने वर्गले व्यापार व्यवसाय गर्न नसकेपछि भाडा तिर्न धौधौ हुने भन्दै अहिलेलाई एक महिनाको भाडामा छुट दिने हुनुभएको हो ।

घोराही उपमहानगरपालिका १५ का व्यवसायी गिरीले घोराही उपमहानगरपालिका १५ तुलसीपुर चोकनजिकैको तीनतले घर र घोराही. १५ कै रतनपुरमा भएको घरको चैत्र महिनाको भाडा नलिने बताउनु भएको हो ।

आफ्ना दुईवटा घरबाट मासिक १ लाख भाडा बुझ्ने गरेको बताउनुभयो । ‘संकटका बेला एकले अर्कालाई साथ, सहयोग र सहुलियत दिइएन भने मानवीयता नै नहुने बताउँदै आपूmले यस्तो निर्णय गरेको गिरीले बताउनुभयो । 

दाङमा कम्तिमा १ महिनाको भाडा मिनाहा गरेर आपूmले राज्यलाई नै सहयोग गरेको भन्दै गिरीले कोरोना भाइरस जस्तो महामारीबाट बच्न सबैले राज्यलाई सहयोग गर्नुपर्ने बताउनुभयो ।
 


प्रतिक्रिया दिनुहोस्