अस्ट्रेलियामा रहेका नेपाली विद्यार्थीको अवस्था बुझ्न शिक्षामन्त्रीको सचिवलाई निर्देशन

प्रकाशित मिति : २२ चैत्र २०७६, शनिबार  ७ : ४४


काठमाडौं । अष्ट्रेलियाले आगन्तुक विद्यार्थीलाई देश छाडेर जान आग्रह गरेपछि शिक्षा मन्त्रालयले विद्यार्थीको अवस्थाबारे बुझिरहेको जनाएको छ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले अस्ट्रे्लियामा रहेका नेपाली विद्यार्थीहरुको वास्तविक अवस्था बुझ्न शिक्षा सचिव महेश प्रसाद दाहाललाई निर्देशन दिएका छन्।

शुक्रबार साँझ मन्त्री निवास पुल्चोकमा शिक्षा सचिव महेशप्रसाद दाहाल, विज्ञान सचिव डा सञ्जय शर्मा, सहसचिव  कमल पोखरेल लगायतको बैठक बसी मन्त्री पोखरेलले निर्देसन दिएका हुन्। 

बैठक पछि मन्त्री पोखरेलले अस्ट्रेलियामा रहेका विद्यार्थीहरुको बारेमा परराष्ट्र मन्त्रालय र अस्ट्रेलियामा रहेको नेपाली दूतावास संग समन्वय गरी यथार्थ जानकारी लिन शिक्षासचिव दाहाललाई निर्देशन दिएको मन्त्री पोखरेलका स्वकीय सचिव पुरन केसीले जानकारी दिए। 

अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले अष्ट्रेलियामा रहेर आफ्नै कमाइले टिक्न नसक्ने विदेशी विद्यार्थीहरुलाई स्वदेश फर्कन आग्रह गरेपछि मन्त्री पोखरेलले सचिवलाई यस्तो निर्देशन दिएका हुन्।

त्यस्तै मन्त्री पोखरेलले शुक्रबार साँझ नै वैदेशिक परामर्श दाताहरुको  (कन्सल्टेन्सी) एसोसिएसन हरु का अध्यक्षहरुसँग  स्काइपमा कुरा गर्दै आफूहरु मताहतका कन्सलटेन्सीहरुले  पठाएका विद्यार्थीका विषयमा अपडेट रहन निर्देशन दिए।

मन्त्री पोखरेलले उच्च स्तरीय समितिवाट विदेशमा  अध्ययन गरिरहेका विद्यार्थीहरुको लागि अफ्ठेरो भएमा पैसा पठाउने व्यवस्था गरिसकेकाले अस्ट्रेलियामा रहेका विद्यार्थीहरुलाई नआत्तिन आग्रह समेत गरे।

अस्ट्रेलियामा अहिले करिब ६० हजार नेपाली विद्यार्थी रहेको बताइन्छ।

यो पनि

अष्ट्रेलियाका प्रधानमन्त्रीले विद्यार्थीलाई भने, 'पैसा तिर्न नसके आफ्नै देश जाओ'
 


प्रतिक्रिया दिनुहोस्