काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड– १९)का नयाँ ३ जना संक्रमित फेला परेका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मुम्बइबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूष, उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूष र कैलालीको ३४ वर्षीया महिलामा कोरोना संक्रमण भेटिएको छ । ३४ वर्षीय महिला यसअघि कैलालीमा संक्रमित भेटिएका पुरूषको आफन्त रहेको मन्त्रालयले जनाएको छ ।
योसँगै पहिलोपटक नेपालभित्रै अर्को व्यक्तिमा कोरोना संक्रमण भएको पनि पुष्टि भएको छ ।