विश्वभर कोरानाले ५५ हजारको ज्यान लियो, ‘खराब स्थिती आउँन बाँकी’

प्रकाशित मिति : २१ चैत्र २०७६, शुक्रबार  २ : ५४


काठमाडौं । विश्वभर फैलिएको घातक कोराना भाइरसले ५५ हजार भन्दा बढि मानिसको ज्यान लिएको छ।

उक्त भाइरसबाट संक्रमण हुनेको संख्या पनि १० लाख नाघेको छ। हालसम्म २ लाख भन्दा बढि मासिन निको भएर घर फर्केका छन्।

यसैबीच, संयुक्त राष्ट्रसंघका महासचि एन्टोनियो गुटरेसले कोरोनाबाट 'खराब स्थिती आउँन अझै बाँकी' रहेको चेतावनी दिएका छन।

महासचिव गुटरेसले द्धन्द्धग्रस्त देशहरुका सबै पक्षलाई हतियार बिसाएर भाइरस रोकथाममा जुट्न आह्वान गरेका छन्।

राष्ट्र संघले कोरोना महामारीले खासगरी अफ्रिकामा लाखौं मानिसहरुका लागि खाद्यान्न अभाव हुने खतरा बढेको चेतावनी समेत दिएको छ।

खाद्यान्न आयातमा भर पर्ने गरिब देशहरूमा मध्यमवर्गका मानिसलाई पनि कोभिड १९को संकटबाट बच्न खाद्यान्न सहायताको खाँचो पर्न सक्ने राष्ट्रसंघले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्