प्रतिनिधि सभा बैठक सूचना टाँस गरी १ साता सारियो

प्रकाशित मिति : २१ चैत्र २०७६, शुक्रबार  ७ : १४


काठमाडौं । संघीय संसद प्रतिनिधि सभाको बैठक सूचना टाँस गरेर पुनः सारिएको छ।

चैत २३ गते आइतबार दिउँसो १ बजे बोलाइएको बैठक सूचना टाँस गरि सारिएको हो।

कोरोनाभाइरस (कोभिड १९) कारण बैठक बस्न नसक्ने जानकारी गराउँदै संघीय संसदका कार्यवाहक महासचिव गोपालनाथ योगीले आगामी चैत ३० गतेका लागि बैठक बोलाउनुभएको छ।

सूचना अनुसार प्रतिनिधि सभाको बैठक चैत ३० गते आइतबार दिउँसो १ बजेका लागि बोलाइएको छ।

यसअघि चैत १३ गते बोलाइएको बैठक सूचना टाँस गरी चैत २३ गतेका लागि बोलाइएको थियो।

 


प्रतिक्रिया दिनुहोस्