एउटा गल्तीले ई-सेवालाई गम्भीर धक्का: पर्सनल डाटा चोरी हुने डरले भटाभट अनसब्स्क्राइब गर्ने ट्रेन्ड

प्रकाशित मिति : २१ चैत्र २०७६, शुक्रबार  ३ : ५८


काठमाडौं । ई–सेवाका सञ्चालकमाथि अनलाइन न्युज पोर्टल ह्याक गरेको आरोप लागेपछि प्रयोगकर्ताहरू अहिले सशंकित भएका छन । विद्युतीय भुक्तानीप्रति काठमाडौँबाट सञ्चालित एक अनलाइन न्युज पोर्टल ‘ह्याक’ गरेर समाचार डिलेट गरेकाे घटनाले प्रयोगकर्ताहरूलाई सशंकित बनाएको हाे । साइट ह्याक प्रकरणमा ई–सेवाका सञ्चालक मुछिएपछि विभिन्न टिकाटिप्पणी सुरु भएको छ । 

कोरोना भाइरसको उपचारका क्रममा प्रयोग गरिने स्वास्थ्य सामग्री खरिद गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीका सूचना प्रविधि विज्ञ सल्लाहकारसमेत रहेका ई–सेवाका सञ्चालक अस्गर अली संलग्न रहेको भन्दै ‘काठमाडौं प्रेस’ न्युज पोर्टलमा समाचार प्रकाशित भएको थियो ।

उक्त समाचारमा प्रधानमन्त्रीका सूचना प्रविधि विज्ञ अस्गर अलीको समेत संलग्नता रहेको आरोप लागेपछि ई–सेवाका ग्राहकहरुले सामाजिक सञ्जालमा इसेवा बहिस्कारको अभियान समेत चलाएका छन् ।

ई–सेवाको सहायक कम्पनी 'शिरान टेक्नोलोजी'ले काठमाडौं प्रेस डटकममा उपप्रधानमन्त्री ईश्वर पोखरेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालका छोराहरु चीनबाट खरिद गरिएका मेडिकल समाम्रीमा संलग्न रहेको भन्ने समाचार आफुले डिलेट गरेको स्विकार गरेको छ।  'शिरान टेक्नोलोजी'ले 'काठमाडौं प्रेस डटकम न्युज पोर्टलमा चैत १८ गते प्रकासित ‘महँगो स्वास्थ्य सामग्री खरिदमा रक्षामन्त्री र प्रधानमन्त्रीका सल्लाहकारका छोराको संलग्नता’ शीर्षकमा प्रकासित समाचार चैत १९ गते केही समयका लागि यसको वेवसाइटबाट हटेको अनपेक्षित घट्नाप्रति हामी सिरान टेक्नोलोजीज प्रा.लि. माफि माग्न चाहन्छौं।'भन्ने व्यहाेराकाे पत्र पठाएकाे काठमाडौं प्रेसले जनाएकाे छ ।

याे प्रकरणसँगै ई–सेवाका सहायक कम्पनीले डेभलप गरेका विभिन्न बैंकको मोबाइल बैंकिङ एप्स् प्रयोगकर्ता पनि त्रसित भएका छन् । एप्स्मा ग्राहकको सम्पूर्ण बैंकिङ विवरण अब कति सुरक्षित छन् भन्नेमा प्रश्न उठाएको प्रयाेग कर्ताले बताउन थालेका छन । त्यसबाहेक ई–सेवाले डेभलप गरेका विभिन्न राजदूतावास र संस्थाका लागि एप्स् तथा वेभसाइटकाे विश्वसनीयतामा आशंका जन्माएको सामाजिक सञ्जालमा प्रश्न उठ्न थालेकाे छ । नेपालको बैङ्किङ प्रणाली असुरक्षित भयो भन्ने कुरा आइरहँदा शिरान टेक्नोलोजीले थप बिजनेस गुमाउने सम्भावना देखिन्छ ।

नेपाल राष्ट्र बैंकका अनुसार नेपाल डिजिटल वालेटको शुरूकै चरणमा रहेकाेले विश्वका १० प्रतिशत मुलुकमा डिजिटल वालेटमा ब्याज दिने प्रचलन भएपछि अहिलेसम्म नेपामा प्रयोगकर्ताले ब्याज पाएका छैनन् ।

कोरोना संक्रमणले विश्वव्यापी महामारीको रूप लिँदै गर्दा विद्युतीय भुक्तानी ‘डिजिटल पेमेन्ट’ प्रणालीको प्रयोग बढाउनुपर्ने आवश्यकता छ । याे समयमा ई–सेवाबाट भएको यो बदमासीले प्रयोगकर्ताहरुमाझ एक प्रकारको दरलाग्दो वातावरण उत्पन्न भएको छ।

यस घटनाप्रति सामाजिक सञ्जालमा यस्ताे आक्रोश छ

 


प्रतिक्रिया दिनुहोस्