प्रम ओलीका पूर्व प्रेस सल्लाहकार अर्यालले कसलाई भने, हथौडा चलाउने हात

प्रकाशित मिति : २१ चैत्र २०७६, शुक्रबार  ३ : ४४


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका निवर्तमान प्रेस सल्लाहकार कुन्दन अर्यालले हथौडालाई भन्दा पनि हथौडा चलाउने हात खोज्नुपर्ने बताउनुभएको छ । समाचार डिलिट प्रकरणबारे गरिएको ट्वीटमा असगर अली र विकासलाई हथौडाको संज्ञा दिँदै हथौडा चलाउने हात खोज्नुपर्ने औंल्याउनु भएको छ ।

पूर्व प्रेस सल्लाहकार अर्यालले ट्वीट गर्दै लेख्नुभएको छ, ‘असगरजी र विकासजी प्राविधिक मात्र हुन् । म हथौडालाई भन्दा हथौडा चलाउने हातलाई खोज्नुपर्छ भन्छु ।’ उहाँले अन्दाज लगाउनुभएको छ, ‘यो प्रकरणको कारक राजनीतिक तहकै हुनुपर्छ ।’ 

सिरान टेकलाई कसले त्यसो गर्न लगायो, त्यो खोज्नुपर्ने उहाँको तर्क छ । अर्यालले ठोकुवा गर्नुभएको छ, ‘उनीहरूको मात्र आँटले त्यति ठूलो गलत काम भएको छैन ।’


प्रतिक्रिया दिनुहोस्