अमेरिकी राष्ट्रपति ट्रम्पको दोस्रो पटक कोरोना भाइरस जाँचकाे रिपोर्ट आयो

प्रकाशित मिति : २१ चैत्र २०७६, शुक्रबार  ३ : ४८


कठमाडाैं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो पटक कोरोना भाइरसको रिपोर्ट नेगेटिभ आएको छ । राष्ट्रपति ट्रम्पले अमेरिकामा बढ्दै गएको संक्रमणका कारण आफूले पनि दोस्रोपटक संक्रमणबारे जाँच गराएका थिए । यसपटक उनको रिपोर्ट १५ मिनेटमा आएको ह्वाइट हाउस स्रोतले जनाएको छ ।

ह्वाइट हाउसद्वारा एक सूचना जारी गर्दै भनिएको छ, ‘एक पटक फेरि राष्ट्रपतिको कोराना भाइरसको जाँच भएको छ, उहाँ पूर्ण रुपमा स्वस्थ्य हुनुहुन्छ, र उहाँमा कोरोनाको कुनै लक्षण देखिएको छैन ।


प्रतिक्रिया दिनुहोस्