२४ घण्टामा ७९ हजार ३०३ संक्रमित, ५ हजार ९६७ को मृत्यु

प्रकाशित मिति : २१ चैत्र २०७६, शुक्रबार  १ : ०५


काठमाडौं । कोरोना भाइरसको संक्रमण २४ घण्टाको अवधिमा ७९ हजार ३०३ जनामा फैलिएको छ ।

यो समयमा ५ हजार ९६७ जनाले ज्यान गुमाएका छन् । विश्वका २०४ देशमा फैलिएको यो महामारीबाट अहिलेसम्म ५३ हजार १६७ जनाले ज्यान गुमाएका छन् ।

१० लाख १५ हजार ५९ जना संक्रमित छन् । संक्रमितमध्ये २ लाख १२ हजार १८ जना उपचारपछि घर फर्किएका छन् ।

संक्रमणमा रहेका ७ लाख ४९ हजार ८५७ जना विश्वका विभिन्न अस्पताल, क्वारेन्टाइन र आइसोलेसनमा भर्ना भएर उपचार गरिरहेका छन् ।

जसमध्ये ३७ हजार ६९६ जनाको अवस्था गम्भीर छ । 

फ्रान्समा एकै दिन १ हजार ३५५ जनाको मृत्यु

फ्रान्समा पछिल्लो २४ घण्टामा १ हजार ३५५ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ५ हजार ३८७ पुगेको छ । कोरोना भाइरसबाट संक्रमितको संख्या ५९ हजार १ सय ५ जना पुगको छ । जसमा एकैदिन २ हजार १ सय १६ जना संक्रमित भएको जनाइएको छ ।

फ्रान्समा संक्रमितमध्ये १२ हजार ४ सय २८ जना उपचारपछि निको भएका छन् । ६ हजार ३ सय ९९ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ भने ४१ हजार २ सय ९० उपचाररत छन् ।

 पछिल्लो २४ घण्टामा अमेरिकामा ७ सय बढीको मृत्यु,  २९ हजार बढी नयाँ संक्रमित 

अमेरिकामा पछिल्लो २४ घण्टामा ७८१ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ५ हजार ८८३ पुगेको छ । अमेरिकामा एकैदिन २९ हजार २२७ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या २ लाख ४४ हजार २३० पुगेको छ ।

अमेरिकामा संक्रमितमध्ये १० हजार ४०२ जना उपचारपछि निको भएका छन् । ५ हजार ४२१ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ भने २ लाख २७ हजार ९४४ जना उपचाररत छन् ।

इटालीमा एकैदिन ७ सय ६० को मृत्यु

इटालीमा पछिल्लो २४ घण्टामा ७६० जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १३ हजार ९१५ पुगेको छ । इटालीमा एकैदिन ४ हजार ६६८ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या १लाख १५ हजार २४२ पुगेको छ ।

इटालीमा संक्रमितमध्ये १८ हजार २७८ जना उपचारपछि निको भएका छन् । ४ हजार ५३ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ भने ८३ हजार ४९ जना उपचाररत छन् ।

स्पेनमा एकैदिन ९६१ जनाको को मृत्यु

स्पेनमा पछिल्लो २४ घण्टामा ९६१ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १० हजार ३४८ पुगेको छ । स्पेनमा एकैदिन ७ हजार ९४७ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या १ लाख १२ हजार ६५ पुगेको छ ।

स्पेनमा संक्रमितमध्ये २६ हजार ७४३ जना उपचारपछि निको भएका छन् । ६ हजार ९२ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ भने ७४ हजार ९ सय ७४ जना उपचाररत छन् ।

जर्मनीमा ६ हजार ८१३ नयाँ संक्रमित भेटिए
जर्मनीमा पछिल्लो २४ घण्टामा १७६ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १ हजार १०७ पुगेको छ । जर्मनीमा एकैदिन ६ हजार ८१३ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ८४ हजार ७९४ पुगेको छ ।

जर्मनीमा संक्रमितमध्ये २२ हजार ४४० जना उपचारपछि निको भएका छन् । ३ हजार ९३६ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ भने २२ हजार ४४० जना उपचाररत छन् ।

चीनमा ६ जनाको मृत्यु, २३ जनामा संक्रमण

चीनमा पछिल्लो २४ घण्टामा ६ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ३ हजार ३१८ पुगेको छ । चीनमा एकैदिन ३५ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ८१ हजार ५८९ पुगेको छ । चीनमा संक्रमितमध्ये ७६ हजार ४०८ जना उपचारपछि निको भएका छन् । ४२९ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ भन १ हजार ८६३ जना उपचाररत छन् ।


प्रतिक्रिया दिनुहोस्