भारत । भारतबाट नेपाल छिरेका १३ जना इन्डोनेशियाली नागरिकलाई ललितपुरको महालक्ष्मी नगरपालिकाले फिर्ता पठाएको छ।
बिना जानकारी महालक्ष्मी नगरपालिका ४ स्थित मस्जिदमा बस्दै आएको जानकारी पाएपछि उनीहरुलाई फिर्ता पठाइएको नगरपालिकाका मेयर राजेश्वर श्रेष्ठले जानकारी दिनुभयो।
अहिले भारतमा कोरोना भाइरस बढी फैलिनुको मुख्य कारण दिल्लीको निजामुद्दीनमा भएको मुसलमान धर्मालम्बीहरुको एउटा भेला भएको तथ्यहरु बाहिर आइरहेका छन्। त्यही भेलामा सहभागी १३ जना इन्डोनेशियाली नागरिक नेपाल प्रवेश गरेको खुलेपछि उनीहरुलाई फिर्ता गरिएको हो।
नगरपालिकाका मेयरले विज्ञप्ति जारी गर्दै यस बारेमा जानकारी गराउनुभएको छ। उनीहरु सप्तरीको धार्मिक सभामा सहभागी हुन नेपाल आएको बताइएको छ।
हेर्नुहोस् विज्ञप्ति