धार्चुलालगायत सीमाक्षेत्रका नेपालीलाई १४ दिन क्वारेन्टाइनपछि आउन दिइने

प्रकाशित मिति : २० चैत्र २०७६, बिहिबार  २ : १८


काठमाडौं । भारतीय सीमा क्षेत्रमा अलपत्र परेका नेपालीहरुलाई भारततर्फ नै १४ दिन क्वारेन्टाइनमा बसेपछि मात्र नेपाल आउन दिइने भएको छ ।

धार्चुला, रुपैडिहा लगायतका क्षेत्रमा ठूलो संख्यामा नेपालीहरु अलपत्र परेका छन् । भारतीय नागरिकहरु पनि घर फर्किन भन्दै वीरगञ्जमा पुगेका छन् । तर नेपाल र भारतबीच सीमा नाकाबाट आवत–जावत नखोल्ने र क्वारेन्टाइन बनाएर राख्ने सहमति भएको बताइएको छ ।

कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको बिहीबार बसेको बैठकले पनि तत्काल आवत–जावत खुला नगर्ने निर्णय गरेको छ । ‘भारतीय सीमा क्षेत्रमा आइपुग्नु भएकाहरुलाई १४ दिन क्वारेन्टाइनमा बसेपछि मात्र आउन अनुरोध गरेका छौं’, बैठकपछि सरकारका प्रवक्ता एवं सञ्चार र अर्थमन्त्री डा. युवराज खतिवडाले बताउनु भयो ।
 


प्रतिक्रिया दिनुहोस्