स्वास्थ्य सामग्री खरिद अनियमितता प्रकरणमा अख्तियारले थाल्यो छानबिन

प्रकाशित मिति : २० चैत्र २०७६, बिहिबार  १ : ४२


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य सामग्री खरिद अनियमितता प्रकरणमा छानबिन थालेको छ । अख्तियारले प्रारम्भमा स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठसँग सोधपुछ गरेको छ । 

उजुरी परेपछि बिहीबारदेखि छानबिन थालेको अख्तियारले दिउँसो महानिर्देशक श्रेष्ठसँग अनौपचारिक रुपमा बयान लिएको हो । अख्तियारले उजुरीका साथ प्राप्त प्रमाण हेर्ने र मन्त्रालयबाट पनि केही कागजात प्राप्त भइसकेको जनाएको छ ।
 


प्रतिक्रिया दिनुहोस्