काठमाडौं । सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि चाहिने मेडिकल सामग्री खरिदको जिम्मा नेपाली सेनालाई दिने तयारी गरेको छ।
स्वास्थ्य उपकरण ल्याउने क्रममा अनियमितता भएपछि सरकारले सेनालाई खरिदको जिम्मा दिने तयारी गरेको हो।
चीनबाट पहिलो चरणमा स्वास्थ्य सामग्री खरिद गरेर ल्याएको ओम्नी समूहले औषधि ल्याउन नसकेको भन्दै सरकारले बुधबार सम्झौता रद्द गरेको थियो।
सेनाले खरिदको समन्वय गरेपनि खरिद प्रक्रिया जिटुजी हुने बताइएको छ।