एजेन्सी । कोरोना भाइरसले अमेरिकामा २ लाख लाख ४० हजार मानिसको ज्यान लिनसक्ने चेतावनी दिएका विज्ञलाई ज्यान मार्ने धम्की आउन थालेको छ।
अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या बढ्दै गएपछि देशकै शीर्ष कोरोना भाइरस विशेषज्ञ रहेका डा.एन्थोनी फाउचीले हत्या हुनसक्ने भन्दै निजी सुरक्षा मागेका छन्।
कोरोना महामारी विरुद्ध राष्ट्रपति डोनाल्ड ट्रम्पले गठन गरेको कार्यदलका सदस्य समेत रहेका डा.फाउचीलाई धम्की बढेको सिएनएनले जनाएको छ।
डा.फाउचीको सुरक्षा खतरामा परेपछि उनको माग बमोजिमनै सुरक्षाकर्मी खटाइएको छ। उनी आफ्नो घरमै समेत असुरक्षित रहेको भन्दै सुरक्षा बढाइएको समाचारमा उल्लेख छ।
यद्यपि धम्कीको स्रोत खुलाइएको छैन। वासिंटन पोस्टले पहिलो पटक उनको ज्यान खतरामा रहेको जनाएको थियो।
डा.फाउसी अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रका निर्देशक हुन।
कोरोना महामारीको लागि सरकारको तर्फबाट आयोजना हुने हरेक पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पसँगै उनी सबैभन्दा बढि देखिने गर्छन्।
डा.फाउसीले भाइरसको फैलावटलाई रोक्न सामाजिक दूरी कायम गर्नुपर्ने बताउँदै आएको छन।