नेपालमा भेटिए कोरोना संक्रमित छैठौं व्यक्ति

प्रकाशित मिति : २० चैत्र २०७६, बिहिबार  १० : ४३


काठमाडौं । नेपालमा कोरोनाभाइरस (कोभिड १९) छैठौं संक्रमित व्यक्ति भेटिएका छन्।

टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका क्रममा आज छैठौं व्यक्तिमा पोजेटिभ देखिएको छ।

चैत ४ गते दोहाबाट काठमाडौं आएका अर्का व्यक्तिमा पनि कोरोनाभाइरस संक्रमण देखिएको हो।

विस्तृत विवरण आउन बाँकी रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिनुभयो।

यससँगै नेपालमा कोरोनाभाइरस संक्रमित बिरामीको संख्या ६ पुगेको छ।


प्रतिक्रिया दिनुहोस्