कोरोना नियन्त्रण कोषलाई आयल निगमको ५० करोड सहयोग

प्रकाशित मिति : २० चैत्र २०७६, बिहिबार  ९ : ४३


काठमाडौँ । सरकारले स्थापना गरेको कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोषमा नेपाल आयल निगमले ५० करोड रुपैयाँ सहयोग गरेको छ ।

बुधबार बसेको निगम सञ्चालक समिति बैठकले कोषमा ५० करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो ।

सहयोग रकमको चेक बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बुझाइएको बताइएकाे छ ।

विपतको समयमा पनि सरकारलाई सहयोग गर्दै आएको निगमले कोरोनामा महामारीको विषम परिस्थितिमा पनि रोगको रोकथाम तथा उपचारका लागि कोषलाई सहयोग गरेको जनाएको छ ।

सबैलाई स्वेच्छिक सहयोग गर्नसमेत निगमले अपिल गरेको छ ।

सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारी कोष खडा गरी स्वेच्छिक सहयोग गर्न आग्रह गरेको छ ।

उक्त कोषमा हालसम्म झण्डै ७५ करोड रुपैयाँ जम्मा भैसकेको छ ।


प्रतिक्रिया दिनुहोस्