मास्क लगाउन अटेर गर्ने व्यक्तिलाई चीनले देश निकाला गर्यो

प्रकाशित मिति : २० चैत्र २०७६, बिहिबार  ९ : २७


एजेन्सी । हुबेई प्रान्तमा कडा कदम चालेर कोरोना भाइरसलाई नियन्त्रणमा लिएको चीनमा अझै भाइरसको प्रकोप सेलाएको छैन।

पछिल्लो समय देशका अन्य भागमा कोरोनाका संक्रमणका घटना भेटिन थालेका छन्।

पछिल्ला घटना विदेशबाट आउनेहरुमा रहेको चिनियाँ अधिकारीहरुले बताएका छन्।

वुहानमा चीनले भाइरस विरुद्ध कडा नियम जारी गरेर भाइरसलाई नियन्त्रणमा लिएको थियो।

इटली लगायतका देशमा नियमको सहि पालना नहुँदा भाइरस तिव्र रुपमा फैलिएको बताइने गरिएको छ। 

यसैबीच, चीनले अन्य प्रान्तहरुमा समेत नियमहरु कडा बनाउँदै गएको छ।

राजधानीमै चीनले एक तान्जेनियाका नागरिकलाई घरबाहिर जाँदा मास्क नलगाएको तथा नियमको पालना नगरेको आरोपमा देश निकाला गरेको छ।

चिनियाँ सरकारी अखबार गोल्बल टाइम्सले उक्त कुराको पुस्टि गरेको छ,


प्रतिक्रिया दिनुहोस्