एजेन्सी । कोरोना भाइरस महामारी पछि चीनले पशु अधिकारको पक्षमा उचित निर्णयहरु लिँदै गएको छ।
वुहान तथा हुबेई क्षेत्रमा जंगली वन्यजन्तुको बिक्रि वितरणमा रोक लगाएको चिनले शेनझेन शहरमा 'ऐतिहासिक' रुपमा नयाँ कानून पारित गर्दै कुकुर र बिरालोहरु खान प्रतिबन्ध लगाएको छ।
दक्षिणी चिनियाँ शहर शेनझेनका सांसदहरुले पाल्तु जनावरको मासु प्रतिबन्धको लागि देशमै पहिलो कानून पारित गरेका छन्।
चीनले पहिलो पटक यसरी वन्यजन्तुको व्यापारमा व्यापक कटौती गर्दै कुकुर र बिरालो खान प्रतिबन्ध लगाएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।
दक्षिणी चिनियाँ अधिकारीहरूले मार्च १ तारिख देखि नै कुकुर र बिरालो खान प्रतिबन्ध लगाएको र नियमको कडाइनका साथ पालना गर्न भनेका छन्।
CHINA: City of Shenzhen becomes the first in the country to ban the eating of cats and dogs
— The Spectator Index (@spectatorindex) April 2, 2020
नयाँ नियमले सर्प, भ्यागुता र कछुवा खानपनि पनि निषेध गर्ने बताइएको छ।
वैज्ञानिकहरूले कोरोनाभाइरस जनावरबाट मानिसमा पैदा भएको बताएका छन्।
कोरोना संक्रमणका सुरुका घटना वुहान शहरमा देखिएका थिए । जहाँ चमेरो सर्प, लगायतका अन्य जनावरहरू बेचिन्थ्यो।