लकडाउनमा भरुवा बन्दुक बोकेर हिँडिरहेका जित बहादुर सुनुवार पक्राउ

प्रकाशित मिति : २० चैत्र २०७६, बिहिबार  ७ : ४७


सिन्धुली । तीनपाटन गाउँपालिका वडा नं. ६ उपिनथुम्का बस्ने ४१ वर्षीय जित बहादुर सुनुवारलाई भरुवा बन्दुक १ थान सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी वाङरिङबाट खटिएको प्रहरीले सुनुवारलाई उक्त बन्दुक बोकी हिँडिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले छ ।


प्रतिक्रिया दिनुहोस्