दाङमा कोरोनाको आशंकामा उपचाररत १६ जनामध्ये सबैको नेगेटिभ रिपोर्ट

प्रकाशित मिति : २० चैत्र २०७६, बिहिबार  ७ : २६


काठमाडौं । दाङ जिल्लामा कोरोनाको आशंकामा उपचाररत १६ जनाको स्वाब परीक्षण गरिएकोमा १६ जनाकै रिपोर्ट नेगेटिभ आएको छ । कोरोना अस्पताल बेलझुण्डीको व्यवस्थापन समितिका सदस्य तथा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का केन्द्रीय सदस्य जीवन गौतमका अनुसार जिल्लामा कोरोना भाइरसको आशंकामा अस्पताल पुगेका जम्मा ५९ जनामध्ये अरु सामान्य उपचारपछि घर फर्केको र १४ जनामात्र भर्ना भएका थिए ।

कार्यवाहक अध्यक्ष गौतमका अनुसार कोरोना अस्पताल बेलझुण्डीबाट पहिलोपटक ६ जनाको स्वाब परीक्षणका लागि पठाइएकोमा नेगेटिभ रिपोर्ट आएपछि डिस्चार्ज गरिएको छ । त्यसपछि हिजो बुधवार अन्य ५ जनाको रिपोर्ट पनि नेगेटिभ आएकाले उनीहरुलाई पनि डिस्चार्ज गरिएको छ । 

त्यसैगरी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीबाट ५ जनाको स्वाब परीक्षणका लागि पठाइएकोमा पाँचैजनाको नेगेटिभ रिपोर्ट आएको छ । दाङमा कोरोना भाइरसको संक्रमणविरुद्ध लड्न हरेक पालिकाले आइसोलेसन बेड बनाएका छन् ।
 


प्रतिक्रिया दिनुहोस्