कोरोना भाइरसको आशंकामा आइसोलेशन वार्डमा भर्ना भएका व्यक्तिले अस्पतालमै आत्महत्या गरेका छन्। घटना भारतको उत्तर प्रदेशको हो।
दुइै दिनअघि कोरोनाको आशंकामा आइसोलेशन वार्डमा भर्ना भएका ती युवकले बिहीबार आत्महत्या गरेको त्यहाँ अधिकारीलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यले जनाएका छन्। श्वासप्रश्वासमा समस्या देखिएपछि ती व्यक्तिलाई दुई दिनअघि मात्रै अस्पतालमा भर्ना गरिएको थियो। उनले गम्छाको फाँसी लगाएर आत्महत्या गरेको बताइएको छ।
युवकको आत्महत्याको जानकारी पाएलगत्तै घटनास्थल पुगेको प्रहरी टोलीले घटनाका बारेमा अनुसन्धान भइरहेको जनाएको छ। शामलीको निर्माणाधिन अस्पतालमा बनाइएको आइसोलेशन वार्डमा भर्ना भएका युवकले आत्महत्या गरेको खबरपछि अस्पतालमा हंगामा मच्चिएको थियो।
दिल्लीमा रहेका ती व्यक्ति केही दिनअघि मात्रै उत्तर प्रदेश आएका थिए। उनलाई श्वासप्रश्वासमा समस्या देखिएको थियो। कोरोना भाइरसको लक्षणसँग मिल्दोजुल्दो लक्षण भेटिएपछि उनको नमुना संकलन गरेर मेरठ अस्पताल पठाइएको समाचारमा उल्लेख छ। उनको अहिलेसम्म रिर्पोट आएको छैन्।