काठमाडौं । कोभिड–१९ नाम दिइएको प्राणघातक कोरोना भाइरस संक्रमणबाट विश्वभरीमा ज्यान गुमाउनेको संख्या ४७ हजार २४९ पुगेको छ । पछिल्लो विवरणअनुसार संंसारभर नौ लाख ३६ हजार २३७ जना कोरोना भाइरसबाट संक्रमित भएको विश्व स्वास्थ्य सङ्गठनले आज सार्वजनिक गरेको छ ।
चीनको हुबे प्रान्तको उहान शहरबाट शुरु भएको कोभिड–१९ लाई विश्व स्वास्थ्य सङ्गठनले ‘विश्वव्यापी महामारी’को संज्ञा दिएको छ । सोही बमोजिम सतर्कता अपनाउन पनि विश्व स्वास्थ्य संगठनले विश्वका सबै देशका नागरिकलाई आग्रह गर्दै आएको छ । यद्यपि इटाली र स्पेनमा यस भाइरसका कारण भयावह स्थिति पैदा भएको छ ।
कोरोनाभाइरस संक्रमणबाट सर्वाधिक प्रभाव परेका १० मुलुकको पछिल्लो परिदृश्य
इटालीमा १ लाख १० हजार ५७४ कुल सङ्क्रमित भएका छन् भने, तेह्र हजार १५५ को मृत्यु भएको छ । यसैबीच १६ हजार ८४७ निको भएर फर्किएका छन् । स्पेनमा १ लाख ४ हजार ११८ कुल सङ्क्रमित भएका छन् भने, नौ हजार ३८७ को मृत्यु भएको छ । यसैबीच २२ हजार ६४७ निको भएर फर्किएका छन् ।
संयुक्तराज्य अमेरिकामा २ लाख १५ हजार ३०० कुल सङ्क्रमित भएका छन् भने, पाँच हजार ११० को मृत्यु भएको छ ।यसैबीच ८ हजार ८७८ निको भएर फर्किएका छन् । फ्रान्समा ५६ हजार ९८९ कुल सङ्क्रमित भएका छन् भने, चार हजार ३२ को मृत्यु भएको छ । यसैबीच १० हजार ९३५ निको भएर फर्किएका छन् ।
चीनमा ८१ हजार ५५४ कुल सङ्क्रमित भएका छन् भने, तीन हजार ३१२ को मृत्यु भएको छ । यसैबीच ७६ हजार २३८ निको भएर फर्किएका छन् । इरानमा ४७ हजार ५९३ कुल सङ्क्रमित भएका छन् भने, ३ हजार ३६ को मृत्यु भएको छ । यसैबीच १५ हजार ४७३ निको भएर फर्किएका छन् । बेलायतमा २९ हजार ४७४ कुल सङ्क्रमित भएका छन् भने, २ हजार ३५२ को मृत्यु भएको छ । यसैबीच १३५ निको भएर फर्किएका छन् ।
नेदरल्यान्ड्समा १३ हजार ६१४ कुल सङ्क्रमित भएका छन् भने, एक हजार १७३ को मृत्यु भएको छ । यसैबीच २५० जना निको भएर फर्किएका छन् । जर्मनीमा ७७ हजार ९८१ कुल भएका छन् भने, ९३१ को मृत्यु भएको छ । यसैबीच १८ हजार ७०० निको भएर फर्किएका छन् । बेल्जियममा १३ हजार ९६४ कुल सङ्क्रमित भएका छन् भने, ८२८ को मृत्यु भएको छ । यसैबीच २ हजार १३२ निको भएर फर्किएका छन् ।