एजेन्सी । चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको महामारी विश्वका २०३ देशमा फैलिएको छ। कोरोना भाइरसको महामारीका कारण विश्वभर पछिल्लो २४ घण्टामा ४ हजार ८ सय ९० जनाको मृत्यु भएको छ भने ७६ हजार ८ सय ७२ जना नयाँ संक्रमित फेला परेका छन्।
कोरोना भाइरसबाट विश्वभर अहिलेसम्म ४७ हजार २०५ जनाको मृत्यु भएको छ भने ९ लाख ३५ हजार ५७१ जान संक्रमित रहेका छन्। कोरोना भाइरसको महामारी तिब्र गतिमा फैलिरहेका बेला चीनका वैज्ञानिकले अबको ४ हप्तामा कोरोना भाइरसको महामारी कम हुने दाबी गरेका छन्।
उनले कोरोना भाइरसको नयाँ संक्रमणमा कमी आउने बताएका हुन्। उनले चीनमा अब कोरोान भाइरसको संक्रमण नदोहोरिने पनि दाबी गरेका छन्। यो भविष्यवाणी डाक्टर झोन्ग न्यानश्यानले गरेका हुन्। उनी कोरोान भाइरस नियन्त्रणका लागि चीन सरकारले तैनाथ गरेको मुख्य टिम प्रमुख हुन्।
८३ वर्षीया डाक्टर झोन्गले भनेका छन्, अब चीनमा कोरोना भाइरसको दोस्रो हमला हुँदैन्। किनकी हाम्रो यसले मोनिटरिङ सिस्टमलाई निकै मजबुद गराएको छ। डाक्टर झोन्गले दिएको उक्त अन्तवार्ताका आधारमा डेलिमेलले समाचार प्रकाशन गरेको छ।
उनले कोरोना भाइरसविरुद्ध लड्नका लागि मात्र दुई तरिका रहेको बताएका छन्। पहिलो संक्रमणको दर कम गर्ने र दोस्रो त्यसलाई बढ्नबाट रोक्नु । जसबाट हामीलाई कोरोान विरुद्धको खोप बनाउन समय मिल्छ र हामीले यसलाई खतम गर्न सक्नेछौँ।
उनले धेरै जसो देशले कोरोना भाइरस नियन्त्रणका लागि कडा कदम उठाएका कारण आउँदो ४ हप्तामा नयाँ संक्रमित देखिन कम हुने उनको दाबी छ।