कोरोनाको आशंका गरिएका सल्यानका तीन जनाको रिर्पोट सार्वजनिक

प्रकाशित मिति : २० चैत्र २०७६, बिहिबार  ४ : १८


सल्यान । कोरोना भाइरस सङ्क्रमणको आशङ्कामा सल्यानका तीन जनाको नमूना परीक्षण रिपोर्ट नेगेटिभ देखिएको छ । बनगाड कुपिण्डे नगरपालिका–१२ निगाल्चुलाका दुई र छत्रेश्वरी गाउँपालिका–१ दमाचौरका एकको नमूना सङ्कलन गरी परीक्षणका लागि पठाइएकोमा सबैको रिपोर्ट नेगेटिभ देखिएको हो । 

तीनै जनालाई उच्च ज्वरो देखिएपछि उनीहरुको स्वाब परीक्षणका लागि काठमाडौँ पठाइएकामा कोरोना रिपोर्टमा नेगेटिभ देखिएको सल्यान अस्पतालका प्रमुख डा अर्जुन बुढाले जानकारी दिनुभयो । उनीहरूको जिल्ला अस्पतालको आइसोलेसनमा राखेर उपचार भइरहेको थियो ।  

यही चैत १० गते कामको सिलसिलामा भारतबाट घर आएका बनगाड कुपिण्डे-१२ निगाल्चुला माझखर्कका एक पुरुषलाई उच्च ज्वरो देखिएपछि उहाँकी श्रीमतीसहितलाई सल्यान अस्पतालको आइसोलेसनमा राखेर उपचार गरिएको थियो । 


प्रतिक्रिया दिनुहोस्