एसइई तयारी क्लास टेलिभिजन मार्फत गराउने शिक्षामन्त्रीको घोषणा

प्रकाशित मिति : २० चैत्र २०७६, बिहिबार  ४ : १३


काठमाडौ । एसइई  र कक्षा नौका बिद्यार्थीहरुलाई लक्षित गरेर भर्चुअल क्लासको ब्यवस्था गरिएको छ  ।कोरोनाका कारण प्रभावित परिक्षाको असरलाई कमगर्न र समयको सदुपयोग गर्न यसले सहयोग पुर्याउने छ ।

शिक्षामन्त्री गिरिराजमणि पोखरेलले समाजिक संजालमा यो तयारीको खुलासा गरेका हुन । 

"कोरोना महामारीलाई फैलन नदिन मन्त्रीपरिषदको निर्णयद्वारा चैत्र ११ गते बाट सुरु भएको लकडाउन पछिल्लोपटक म.प. ले थप हप्ता दिनलाई बढाएर २५ गते सम्म लाई निरन्तरता दिएको निर्णय सर्वबिदित नै छ। ।कोरोना महामारिका बिच उचित ब्यवस्थापन गर्दै चैत्र ६ बाट गर्न लागिएको एसइई परिक्षा ,तत्कालीन परिस्थितिको उच्च नेतृत्बाट गरिएको बिश्लेषण साथै मन्त्रालय र राष्ट्रिय परिक्षा बोर्डको समिक्षा पश्चात् स्थगन गरेको जानकारी पनि सबैमा रहेकै छ।

लकडाउन को पछिल्लो गम्भीर अवस्थामा "अप्रिल फुल" मनाउने नाममा एसइई सम्बन्धि भ्रामक र असंवेदनशिल प्रचार र सोचबाट मुक्त हुन सबैलाई अनुरोध गर्दछु।बैशाख ८ मा तय भएको कक्षा १२ लगायत सबै तहका स्थगित परिक्षाहरु सुचारु गर्न चैत्र २५ पछि बिकसित परिस्थितिको मूल्याकंन गर्दै नोभल कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरी समिती ,बिज्ञ लगायत सबैको सुझावका आधारमा मन्त्रालय र सम्बद्ध निकायहरुले थप निर्णय लिनेनैछन् ।साथै यस सम्बन्धमा कुनै पनि सुचना आधिकारिक निकायहरुबाट मात्र लिन पनि म सबैमा अनुरोध गर्दछु। 

लकडाउनको अहिलेको अवस्थामा हामी जो जहाँ छौं त्यहीँ बस्नुपर्छ ,घरबाट बाहिर अत्यावश्यक काम बाहेक निस्कनु हुँदैन ।कोरोना संक्रमण लाग्न बाट जोगिन स्वास्थ मन्त्रालय र आधिकारिक निकायहरुले सुचित गरेका सतर्कताका विधिहरु सबैले अपनाउनु पर्दछ।

एसइई परिक्षामा भाग लिने विद्यार्थीहरुका साथै कक्षा ९ का विद्यार्थीहरु लक्षित विभिन्न बिषयको virtual class ntv मा (शनिबार र आइतबार बाहेक)दिउँसो ११ बजे देखि ३ बजे सम्म संचालन भईरहेका छ्न ।उक्त virtual class कार्यक्रम बाट लाभ लिन विद्यार्थी भाईबहिनीहरुलाई म आग्रह गर्दछु। संकट लम्बिएको अवस्थामा शिक्षात्मक गतिविधिलाई निरन्तरता दिन मन्त्रालयको सहजीकरणमा हाम्रो शिक्षा प्रणालीमा भएका सरकारी , सामुदायिक र निजि श्रोतहरुको समन्वयन गर्दै Online learning, virtual classrom जस्ता विभिन्न डिजिटल पद्धतिका साथै रेडियो टि.भि जस्ता अन्य सान्दर्भिक र ब्यवहारिक माध्यम र पद्धतिहरु पनि हामिले प्रयोगमा ल्याउनु पर्ने हुन्छ।"

शिक्षामन्त्री गिरिराजमणि पोखरेल


प्रतिक्रिया दिनुहोस्