काठमाडौँ । कोरोना भाइरसबाट बच्नका लागि हाइड्रोक्लोरिकिन नामको औषधि सेवनबाट भारतमा एक डाक्टरको मृत्यु भएको छ। भारतको आसाममा ४४ वर्षीय डाक्टर उत्पालजित बर्मनको उक्त औषधिको सेवनबाट मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
हाइड्रोक्लोरिकिन औषधि औलोका बिरामीले खाने औषधि हो। हाइड्रोक्लोरिकिन औषधि सेवनपछि डाक्टर बर्मनलाई हृदयाघात भएको थियो। जसका कारण उनको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। औषधि सेवनपछि हृदयघात भएका बर्मनलाई अर्को अस्पतालमा भर्ना गरिएको थियो। उनको उपचारका क्रममा ज्यान गएको समाचारमा उल्लेख छ।
भारतको मेडिकल रिसर्च परिषद्ले पनि कोरोना भाइरसको जोखिम रहेका मानिसलाई यो औषधि सिफारिस गरेको थियो। केही दिनअघि फ्रान्सका अनुसन्धानकर्ताले पनि यो औषधि कोभिड–१९ को लागि उपयोगी हुने बताएका थिए।